संचालकको स्वामित्वमा भएको शेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिकः चेम्बर

Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले संचालकहरुको स्वामित्वमा भएको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति ध्यानकर्षण भएको जनाएको छ । 

नेपाल धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत सङ्गठित संस्थाहरुको संस्थागत सुशासन सम्वन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा उल्लेखित ‘कुनै व्यक्ति संचालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक बर्ष सम्म सोही संस्थाको  कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने’ व्यवस्था संशोधन गर्न चेम्बरले सरकारको ध्यानाकर्षण गराएको हो । 

Advertisement

चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल सहितको  पदाधिकारी  टोलीले अर्थसचिव कृष्णहरी पुष्करसंग अर्थ मन्त्रालयमा आज भेट गरी धितोपत्र बोर्डबाट जारी भएको निर्देशिका अव्यवहारिक भएको समेत उल्लेख गरेको छ ।

कुनै व्यवसायीले आफ्नो चल सम्पति बिक्री गर्न नपाउने परिस्थितीमा उद्यम, व्यवसायको विविधीकरण लगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष  मल्लले बताए । 

चेम्बरद्धरा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति संचालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक बर्ष सम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी संचालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौं ।’

Advertisement

Advertisement