शेयर बजारमा उत्साहः नेप्से १९८५.४४ अंकमा उक्लियो, सवा ४ अर्ब बढीको कारोबार

Advertisement

काठमाडौं । शेयर बजारमा उत्साह देखिंदा कारोबार रकम पनि सवा ४ अर्ब नाघेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३६.८६ अंकले बढेको हो । १.८९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९८५.४४ अंकमा पुगेको छ । 

Advertisement

आज २९७ कम्पनीका १ करोड २४ लाख ६३ हजार १ सय ६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ९० लाख १९ हजार १ सय ९६.२६ रुपियाँ बराबरको कारोबार भएको हो । 

आज विभिन्न ११ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । बोटलर्स नेपाल (बालाजु) लिमिटेड, धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोनापुर मिनिरल्सका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका छन् । 

सानिमा लार्ज क्याप फण्ड, मानुषी लघुवित्त, त्रिशुली जलविद्युत, दोल्ती पावर, मनकामना इन्जिनियरिङ हाइड्रो, साधना लघुवित्त र हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताहरुले ९ प्रतिशत बढी कमाएका हुन् । 

त्यस्तै सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.११ प्रतिशतले घाटा व्यहोरेका छन् । आज ४२ कम्पनीबाहेक अन्य सबैको शेयर मूल्य बढेको छ । 

नेप्सेका अनुसार आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १८ करोड ७ लाख ११ हजार ४ सय ८८.५० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

साताको पहिलो दिन १११ अंकले उचालिएर ६ प्रतिशतले बढ्दा कारोबार नै बन्द भएको थियो भने हिजो सोमबार १५.४० अंकले बजार तल झर्दा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३ सय ८६.८४ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement