कोठामा भागबण्डा नमिल्दा वीरगन्ज महानगरपालिकामा मेयर र उपमेयर समूहबीच कुटाकुट

Advertisement

काठमाडौं । वीरगञ्ज महानगरपालिकामा मेयर र उपमेयर  समूहबीच मंगलबार कुटाकुट भएको छ । कार्यालयको कोठा कस्ले प्रयोग गर्ने सम्वन्धमा भागबण्डा नमिल्दा दुई समूहबीच विवाद बढ्दै गएर कुटाकुट भएको हो । 

स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी नै परिचालन गर्नुपर्ने अवस्था आएको थियो । मेयर राजेशमान सिंहको कार्यकक्ष नयाँ भवनमा सरेसँगै सिंह बस्दै आएको कोठामा महानगरपालिकाका कार्यकारी अधिकृत सरेका थिए । कार्यकारी अधिकृत गरेपछि सो ठाउँमा उपमेयर इम्तियाज आलमले आफ्नो कार्यकक्ष बनाउने योजना बनाएका थिए । तर मेयर राजेशमान सिंह भने सो कोठा उपमेयरलाई नदिएर सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा बनाउने योजनामा लिए । 

Advertisement

सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका लागि अहिले कोठा सानो भएको र काम गर्न गाह्रो भएकाले कार्यकारी अधिकृतको यसअघिको कार्यकक्षमा सार्ने योजना बनाए पनि आलमले सो कोठामा ताला लगाइदिएका थिए । उक्त ताला फोडेर सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा बनाउन लागिएपछि विवाद भएर कुटाकुटको अवस्था आएको महानगरपालिकाका कर्मचारीहरुको भनाई छ । 

Advertisement

Advertisement