सुझाव लिन कर्णाली पुग्यो आयोगको योजना आयोगको टोली

Advertisement

काठमाडौं । १६औँ योजनाका लागि सुझाव लिन राष्ट्रिय योजना आयोगको टोली कर्णाली प्रदेश पुगेको छ । कर्णाली प्रदेश सरकार साथै कर्णाली प्रदेश भित्रका जिल्ला समन्वय समिति, स्थानीय तहहरु र निजी क्षेत्र समेतको सुझाव लिने गरी आयोगको टोली कर्णाली पुगेको हो । 

सुझाव लिनका लागि आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सदस्य सचिव डा. तोयनारायण ज्ञवालीसहितको टोली मंगलबार नै सुर्खेत पुगेको छ । सुझावका लागि बुधबार सुर्खेतको वीरेन्द्रनगरमा छलफल कार्यक्रम आयोजना गरिएको छ । बुधबारको कार्यक्रममा कर्णाली प्रदेशका मूख्यमन्त्री राजकुमार शर्मासहित सबै प्रदेश मन्त्रीहरु सहभागी हुँदैछन् । 

Advertisement

बुधबारकै कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरु साथै कर्णाली प्रदेशका १० जिल्लाका जिल्ला समन्वय समिति संयोजक तथा समन्वय अधिकारी र निजी क्षेत्रका अगुवाहरु लगायत सहभागी हुँदैछन् । बिहीबार भने आयोगले कर्णाली प्रदेश भरीका सबै स्थानीत तहका प्रमुख वा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु सहभागी हुने आयोगका सहसचिव महेश भट्टराईले जानकारी दिए । 

आयोगले यसअघि कोशी प्रदेशमा आयोग सदस्य डा. आरपी विच्छा, मधेश प्रदेशमा डा. जयकान्त राउत, वागतमी प्रदेशमा डा. प्रभु बुढाथोकी, गण्डकी प्रदेशमा डा.रामकुमार फुयाँल, लुम्बिनीमा डा. रमेशचन्द्र पौडेल र सुदुरपश्चिममा डा.अनिता शाह ढुंगानाको नेतृत्वमा टोली पठाएर सुझाव लिएको थियो । 
 
 

Advertisement

Advertisement