शेयर बजार १४१ अंकले उचालियो, कारोबार रकम पनि उत्साहजनक

Advertisement

काठमाडौं । शेयर बजार तीनदिनदेखि लगातार बढिरहेको छ । आज पनि बजार बजार बढेर यो साताका लागि बिश्राम लिएको हो । यो साता ४ दिन बजार बढ्दा सोमबार एक दिन तल झरेको थियो । समग्रमा यो साता १४१.६१ अंकले बजार उचालिएको छ । 

यसैक्रममा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.५५ अंकले बढेको हो । ०.३२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९९४.६० अंकमा उक्लिएको हो ।

Advertisement

आज ३०० कम्पनीका ९६ लाख ३७ हजार ४ सय ५५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७ सय ५०.१२ रुपियाँ बराबरको कारोबार भएको हो ।

आज विभिन्न १० कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत भन्दा बढी नाफा कमाएका छन् । बोटलर्स नेपाल (बालाजु) लिमिटेड, हिमालयन लघुवित्त, नेपाल हाइड्रो र नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै गुराँस लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.९८ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १६ करोड ४ लाख ७८ हजार ४ सय ३१ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।  

साताको पहिलो दिन बजार १११ अंकले उचालिंदै ६ प्रतिशतले बढ्दा कारोबार नै बन्द भएको थियो भने सोमबार १५.४० अंकले बजार तल झर्दा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३ सय ८६.८४ रुपियाँ,  मंगलबार ३६.८६ अंकले बजार बढ्दा  ४ अर्ब ३० करोड ९० लाख १९ हजार १ सय ९६.२६ रुपियाँ र हिजो बुधबार २.६० अंकले बजार बढ्दा  अर्ब ९० करोड ९१ लख ९८ हजार ५ सय ७०.२७ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement