धनकुटामा केपी ओलीमाथि मुक्का प्रहार

Advertisement

धनकुटा । मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् ।

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिकाको लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो । ओलीलाई मुक्का हान्ने लेगुवाकै महेश राई हुन् । 

Advertisement

ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर मुक्का प्रहार गरेका थिए । 

एक मुक्का हानेपछि राईलाई सुरक्षाकर्मी र एमालेका कार्यकर्ता समातेका थिए । 

Advertisement

Advertisement