काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुको हात खाली बनाउने भएको छ ।
हिजो बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको सीईओ विष्णुप्रसाद ढकालले जनाएका छन् ।
सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।