सलिकोले गर्यो दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम

Advertisement

काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी (सलिको) ले दाङको तुल्सीपुरमा सवारी दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । 

कम्पनी र ईलाका प्रहरी कार्यालय तुल्सिपुर÷ट्राफिक प्रहरी कार्यालय तुल्सिपुरको संयुक्त आयोजनामा विहीबार कार्यक्रम सम्पन्न भएको हो । 

Advertisement

तुल्सिपुर उपमहानगरपालिकाका उप प्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ईप्रका तुल्सिपुर प्रमुख ठाकुरप्रसाद पोखरेल तथा जिल्ला स्थित बिभिन्न अटो प्रालिका अध्यक्षहरु, सवारी चालक, पत्रकार तथा स्थानीयहरुको उपस्थिति थियो । 

undefinedकार्यक्रममा सवारी दूर्घटना न्यूनिकरण सम्बन्धमा ट्राफिक प्रहरी कार्यालय तुल्सिपुर प्रमुख ईश्वरी देवकोटाले प्रकाश परेका थिए भने बीमा सचेतना सम्बन्धमा सलिकोका तुल्सिपुर शाखा प्रमुख तुफान सापकोटाले प्रकाश पारेका थिए । 
 

Advertisement

Advertisement