चार करोड रुपियाँ लागतमा चोभारमा जीपलाइन सञ्चालन

Advertisement

काठमाडौं । चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा आएको छ । आज शनिवार जीपलाइनको अभिनेत्री वर्षा राउतले उद्घाटन गरिन् । यो जीपलाइन नेपालमै पहिलो पटक नमूना जीपलाइनको रुपमा निर्माण गरिएको व्यवसायीहरुले दाबी छ । 

उनीहरुले क्यानओपी जीपलाइनमा एकै ठाउँमा तीन वटा अनुभव लिन सकिने बताएका छन् । शुरुमा एड्भेन्चर्स, त्यसपछि अलि डरलाग्दो र अन्त्यमा रमाइलो गरी तीन वटा अनुभव लिन सकिने बताउँदै वान हन्ट एड्भेन्चरका अध्यक्ष पञ्चलाल महर्जनले यो नेपालकै पहिलो र नमूना जीपलाइन भएको दावी गरे । 

Advertisement

उनले जीपलाइन एउटै स्टेप र अनुभवमा सकिने भए पनि चोभारमा भने तीन वटा अनुभव लिन सकिने बताए । महर्जनले द एड्भेन्चर्स, द डेभिल र द फन गरी तीन वटा अनुभव प्राप्त गर्ने बताए । उनले जापनिज प्रविधि र नेपालकै प्रख्यात विज्ञहरुबाट सञ्चालनमा ल्याएकाले यो सुरक्षित रहेको दावी गर्दै बालबालिकादेखि वृद्धवृद्धाहरु सबैले अनुभव लिनसक्ने बताए । 

व्यवसायी महर्जनले जीपलाइन क्यानओपी, गुफा भ्रमण र एप्सेलिङ प्याकेज गरी तीन वटा प्याकेज रहेको र न्युन दरमा अधिकतम मनोरञ्जन लिनसक्ने गरी एउटा मात्रै अनुभव लिनेलाई पाँच सय र तीन वटै अनुभव लिनेलाई एक हजार दुई सय रुपियाँ टिकट दर निर्धारण गरिएको बताए । 

वान हन्ट एड्भेन्चरका निर्देशक हिमाल गुरुङले चोभारलाई पर्यटकीय हव बनाउन आवश्यक रहेको बताउँदै यो जिपलाइनले त्यसमा सहयोग गर्ने बताए । यो जीपलाइनमा तीन वटा स्टेप गरी ३५० मिटरको दूरी रहेको छ ।

Advertisement

Advertisement