आज छैटौं राष्ट्रिय झण्डा दिवस मनाइँदै, राजधानीमा र्याली समेत निकालियो

Advertisement

काठमाडौं । छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले झण्डा दिवसको अवसरमा आइतबार राजधानीको वसन्तपुरबाट र्याली समेत निकालेको थियो । 

वि.सं. २०१९ साल पुस १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए । 

Advertisement

उनले झण्डाको पहिचानलाई उजागर गर्नको लागि यो अभियान शुरु गरेको बताए । माण्डव्यले भने, ‘१९६२ डिसेम्बर १६ को दिन २०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा सम्झिने गर्छौं । झण्डाको पहिचानलाई उजागर गर्नको लागि हामीले यो अभियानको शुरुवात गरेका हौँ । नेपालीलाई नै झण्डाको एउटा महत्व बुझाउनको लागि यो अभियान शुरु गरेका हौँ । युवा पुस्तालाई झण्डाप्रति जागृत गराउन यो दिवस शुरु गरिएको हो ।’

प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।

Advertisement

Advertisement