काठमाडौं । शेयर बजार २ हजार अंक पार भएको छ । साताको पहिलो दिन आज बजार दोहोरो अंकले बढ्दा कारोबार रकम पनि ५ अर्ब नाघेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २७.७५ अंकले बढेको हो । १.३९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०२२.३५ अंकमा उक्लिएको छ ।
आज २९५ कम्पनीका १ करोड ७१ लाख ६६ हजार ४ सय ६५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९ सय ७९.०५ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बढेको दिन आज विभिन्न २७ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ । ११ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
समग्रमा बजार बढे पनि हिमालयन लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.७७ प्रतिशतले घाटा व्यहोरे ।
आज हिमाल दोलखा हाइड्रोको उच्च कारोबार भयो । उक्त कम्पनीको २५ करोड १२ लाख ९० हजार ७ सय ४६.९० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।