एनआईसी एशिया बैंक र एआई अन्सारी एक्सचेञ्जबीच रणनीतिक साझेदारी

Advertisement

काठमाडौं । रोजगारको शिलशिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आउनुभएका नेपालीहरुले नेपालमा सजिलै रकम पठाउन सक्ने गरी एनआईसी एशिया बैंक र एआई अन्सारी एक्सचेञ्जबीच रणनीतिक साझेदारी सम्पन्न भएको छ । 

समझदारी अनुसार युएईमा आक्रामक बजार विस्तार गरिरहेको उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालयहरु तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप) बाट नेपालमा रकम पठाउन सहज हुने दुबै साझेदारको विश्वास रहेको छ । 

Advertisement

साझेदारी कार्यान्वयनमा आए पश्चात् अब एआई अन्सारी एक्सचेञ्जबाट बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ । 
 

Advertisement

Advertisement