जीवन विकास लघुवित्तद्वारा १४.७३ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १४.७३ प्रतिशत लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार २ सय रुपियाँ छ । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् । 

Advertisement

Advertisement