नेप्से ३८.१४ अंकले उचालियो, पौने सात अर्ब बढीको कारोबार

Advertisement

काठमाडौं । शेयर बजारमा आज उछाल आउँदा पौने सात अर्ब बढीको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३८.१४ अंक माथि उक्लिएको हो । १.८८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०६०.४९ अंकमा पुगेको छ । 

Advertisement

आज ३०५ कम्पनीका २ करोड १४ लाख ९७ हजार ६ सय १९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड ८१ लख ७७ हजार ५ सय ६५.८३ रुपियाँ बराबरको कारोबार भएको हो । 

आज ६ कम्पनीको शेयर १० प्रतिशतले बढ्दा अरु ७ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत भन्दा बढी नाफा कमाए । 

त्यस्तै हिमालयन पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.८६ प्रतिशतले घाटा व्यहोरे । 

आज हिमाल दोलखा हाइड्रोको उच्च कारोबार भयो । उक्त कम्पनीको २६ करोड २६ लाख ७४ हजार ४ सय ७२.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार २७.७५ अंकले बढ्दा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९ सय ७९.०५ रुपियाँ बराबरको कारोबार भएको थियो ।     
 

Advertisement

Advertisement