काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले आव २०७९/८० को नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुधा अर्यालले जनाएकी छिन् ।
उक्त लाभांश आगामी पुस २६ गते आयोजना हुने साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् । साधारण सभा प्रयोजनका लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय भएको समेत कम्पनी सचिव अर्यालले उल्लेख गरिन् ।