भिजिट भिसा प्रकरणमा नेपाल एयरलाइन्सका दुई कर्मचारी निलम्बन

Advertisement

काठमाडौं । नेपाल एयरलाइन्सका भिजिट भिसा प्रकरणमा दुई कर्मचारी निलम्बनमा परेका छन् ।

प्रहरीले भ्रमण भिसामा जानेहरुको कागजात मिलाउने गरेको अभियोगमा नेपाल एयरलाइन्सका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादवलाई पक्राउ परेको छ ।

Advertisement

निगमका कार्यकारी प्रमुख युवराज अधिकारीले अनुसन्धानका लागि हिरासतमा राखिएका कारण पक्राउ परेको मिति २५ मंसिरदेखि लागु हुने गरी पोखरेललाई निलम्बन गरेका हुन् । यादवलाई पक्राउ परेको मिति २७ मंसिरदेखि लागु हुने गरी निलम्बन गरिएको नेपाल एयरलाइन्सका एक कमाचारीले जानकारी दिए । 


 

Advertisement

Advertisement