महालक्ष्मी विकास बैंकद्वारा ६.४० प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शेयरधनीहरुलाई ६.४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले आव २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको उक्त नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सोमराज पन्तले जनाएका छन् । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६ सय रुपियाँ छ । 

सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।    
 

Advertisement

Advertisement