विन्ध्यवासिनी हाइड्रोद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले शेयरधनीहरुलाई ५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

Advertisement

उक्त लाभांश पारित गर्न पुस २६ गते साधारण सभा समेत डाकेको छ । साधारण सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय भएको कम्पनी सचिव जनार्दन अर्यालले जनाएका छन् ।   

Advertisement

Advertisement