निर्मल पुर्जालाई बेलायती एक विश्वविद्यालयद्धारा मानार्थ विद्यावारिधि

Advertisement

काठमाडौं । बेलायतको एक विश्वविद्यालयले विश्व कीर्तिमान पर्वतारोही निर्मल पुर्जालाई मानार्थ विद्यावारिधि प्रदान गरेको छ । लगबोरग विश्वविद्यालयले आफ्ना पूर्व छात्र निर्मल ‘निम्स’ पुर्जाले पर्वतारोहण क्षेत्रमा कायम गरेको विश्व रेकर्डका लागि यो मानार्थ विद्यावारिधि प्रदान गरेको हो । 

सन् २०१९ मा पुर्जाले विश्वमै पहिलो पटक छ महिना छ दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु सफलतापूर्वक गरेका थिए । उनको अविश्वसनीय यात्रा २०२१ को नेटफ्लिक्स फिल्म ‘१४ पीक्सः नथिंग इज इम्पोसिबल’ मा कैद गरिएको थियो । पुर्जालाई केही दिनअघि मात्र लगबोरग विश्वविद्यालयको विन्टर ग्याजवेशन सर्भिसमा डाक्टर अफ द युनिभर्सिटि बनाइएको थियो । 

Advertisement

पुर्जाले सन् २०१२ मा लगबोरग युनिभर्सिटि अफ बिजनेस स्कूलमा स्नातकोत्तर डिप्लो इन सिक्युरटीमा अध्ययन गर्न सुरु गरी २०१४ मा पूरा गरेका थिए । नेपालको म्याग्दीमा जन्मिएका पुर्जाले २०१२ को डिसेम्बरबाट हिमाल चढ्न सुरु गरेका हुन् । उनले ब्रिटिश सेनामा बिताएका १६ वर्षमध्ये पछिल्लो १० वर्ष युके स्पेशल फोर्सेस (यूकेएसएफ)मा काम गरेका थिए । 

Advertisement

Advertisement