शेयर बजार ३५.३९ अंकले उचालियोः सात अर्ब नाघ्यो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार लगातार बढिरहेको छ । बजार बढेसँगै आज कारोबार रकम पनि ७ अर्ब नाघेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३५.३९ अंकले बढेको हो । १.६८ प्रतिशतले बजार उचालिंदा नेप्से २१४१.८७ अंकमा उक्लिएको छ ।

Advertisement

आज ३०६ कम्पनीका १ करोड ९९ लाख ६३ हजार ६ सय ४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९५ लाख ७५ हजार १ सय ७६.१३ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजारमा उत्साह छाएको दिन आज विभिन्न १५ कम्पनीका शेयरधनीहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । बोटलर्स नेपाल (बालाजु) लिमिटेडसहित ११ कम्पनीको शेयरमूल्य १०–१० प्रतिशतले बढेको हो ।

त्यस्तै कुमारी धनबृद्धि योजनाका लगानीकर्ताले सबैभन्दा बढी ३.८२ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३७ करोड ३४ लाख ९७ हजार २ सय ६८.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार २७.७५ अंकले बजार बढ्दा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९ सय ७९.०५ रुपियाँ, सोमबार ३८.१४ अंकले बजार उचालिंदा  ६ अर्ब ८६ करोड ८१ लख ७७ हजार ५ सय ६५.८३ रुपियाँ र हिजो मंगलबार ४५.९८ अंकले बजार बढ्दा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १ सय ७५.७३ रुपियाँ बराबरको कारोबार भएको थियो ।           
 

Advertisement

Advertisement