सोल्टी होटलको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । सोल्टी होटल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । 

कम्पनीले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ४८२.८६ कायम गरिएको छ । यसअघि रु. ५०७ थियो ।

Advertisement

समायोजन गरिएको मूल्यबाट बिहीबारदेखि शेयर कारोबार हुने नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement