काठमाडौं । गरिमा विकास बैंकले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने भएको छ ।
सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको नायब सीईओ माधव उपाध्यायले जनाएका छन् ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।