सात दिन लगातार बढ्दा १९३.२७ अंक उचालिएको शेयर बजारमा दोहोरो अंकको ‘करेक्शन’

Advertisement

काठमाडौं । लगातार एक साता उचालिएको शेयर बजारमा आज करेक्शन आएको छ । नेप्से १९३.२७ अंकले बढेर आज भने दोहोरो अंकले घटेको हो । 

गत साताको मंगलबार मंसिर २७ गते ३६.८६, बुधबार २८ गते २.६०, बिहीबार २९ गते ६.५५, पुस १ गते आइतबार २७.७५, सोमबार २ गते ३८.१४, मंगलबार ३ गते ४५.९८ र बुधबार ४ गते ३५.३९ अंकले बजार उचालिएको थियो । 

Advertisement

गत साताको सोमबार १९४८.५७ अंकमा रहेको नेप्से यो साता आज बजार बन्द हुँदा २१०९.१० अंकमा छ । 

यसैक्रममा आज बजार ३२.७७ अंकले तल झरेको हो । १.५३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१०९.१० अंकमा ओर्लिएको हो । 

आज ३०४ कम्पनीका १ करोड ७१ लाख ७२ हजार १ सय ४९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८ सय ११.९० रुपियाँ बराबरको कारोबार भएको हो । 

आज विभिन्न ५ कम्पनीको शेयर मूल्य १०–१० प्रतिशत बढ्यो भने अरु ७ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाएका छन् । आजैबाट कारोबार शुरु भएको चिरख्वा हाइड्रोको शेयर मूल्य १० प्रतिशत, भिजन लुम्बिनी उर्जा कम्पनीको ९.९९ र नेपाल वेयर हाउजिङ कम्पनीको शेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । 

समग्रमा बजार घटेको दिन सूर्यज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.४४ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३० करोड ६८ लाख ६० हजार ८ सय २.८० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।  

साताको पहिलो दिन आइतबार २७.७५ अंकले बजार बढ्दा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९ सय ७९।०५ रुपियाँ, सोमबार ३८.१४ अंकले बजार उचालिंदा  ६ अर्ब ८६ करोड ८१ लख ७७ हजार ५ सय ६५.८३ रुपियाँ, मंगलबार ४५.९८ अंकले बजार बढ्दा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १ सय ७५.७३ रुपियाँ र हिजो बुधबार ३५.३९ अंकले बजार उचालिंदा ७ अर्ब ९५ लाख ७५ हजार १ सय ७६।१३ रुपियाँ बराबरको कारोबार भएको थियो ।     
 

Advertisement

Advertisement