कृषि विकास बैंकको संचालकमा महेश आचार्य नियूक्त

Advertisement

काठमाडौं । कृषि बिकास बैंक संचालक समितिको संचालक सदस्यमा महेश आचार्य मनोनयन भएका छन् । 

सञ्चालक आचार्य सरकारी सेवाको लामो अनुभव भएका साथै हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत छन् ।

Advertisement

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक आचार्यलाई बैंक संचालक समिति अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका हुन् । 

उक्त अवसरमा बैंकका संचालक सदस्यहरु डा. राजेन्द्रप्रसाद मिश्र, गोविन्द भट्टराई, संजिव पौडेल,  विनोदकुमार गुरांगाई, रिता सुवेदी सीईओ गोविन्द गुरुङ्ग र कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिती थियो । 
 

Advertisement

Advertisement