पोखरामा रवि लामिछानेमाथि खोया प्रहार

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ । पोखराको अमरसिंह चोकमा आयोजित एक कार्यक्रममा उनीमाथि खोया प्रहार भएको हो । 

खोया प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Advertisement

सभालाई सम्बोधन गर्दैगर्दा अगाडीबाट लामिछानेलाई खोयाले हानिएको सहभागीहरुले बताएका छन् । आक्रमणकारीले भने मकै खाएपछि फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको दावी गरेका छन् । कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाका अनुसार आक्रमणकारी लमजुङका २८ वर्षीय सन्तोष रानाभाट हुन् ।

यसअघि कोशीमा एमाले अध्यक्ष केपी ओलीमाथि मुक्का प्रहार भएको थियो । पछिल्लो समयमा जनतामा आक्रोस र वितृष्णा बढ्दै जाँदा पूराना र विशेषगरी संघीयता पक्षधर नेताहरुमाथि आक्रमण बढ्दै गएको छ । 

Advertisement

Advertisement