‘हिमालयन रि’ को आईपीओ बाँडफाँटः तपाईँलाई कति कित्ता पर्यो ?, यसरी हेर्नुहोस्

Advertisement

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ । 

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार  ताज ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान १० बजे बाँडफाँट गरिएको हो ।  

Advertisement

आईपीओ भरेका सबैले शेयर पाएका छन् । आईपीओका लागि आवेदन दिएका लगानीकर्ताहरुले न्यूनतम १० देखि अधिकतम ४० कित्तासम्म शेयर पाएका हुन् ।    

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/ र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट​ http://www.himalayanre.com/  बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

उक्त कम्पनीको आईपीओका लागि १६ लाख ६० हजार २२ जनाले ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएका थिए ।  

यसअघि ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरेको कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर प्रतिकित्ता रु. १०० अंकित दरमा रु. १०६ प्रिमियम थप गरी प्रतिकित्ता रु. २०६ मा बिक्री गर्न लागेको हो ।

६ लाख कित्ता कम्पनीका कर्मचारी र १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट गरी बाँकी २ करोड ४९ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिएको हो । 

undefined

Advertisement

Advertisement