तीनदिनमा ७१.०३ अंकले ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दै

Advertisement

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । साताको पहिलो दिन आइतबार बजार घटेको थियो भने गतसाताको अन्तिम दिन बिहीबार पनि बजार ओरालो झरेको थियो । 

गत साताको बिहीबार ३२.७७ अंक र गत आइतबार २१.०३ अंकले घटेको बजार आज पनि १७.२३ अंकले घटेको हो । तीन दिनमा बजार ७१.०३ अंकले घटेको हो ।

Advertisement

यसैक्रममा आज ०.८२ प्रतिशतले बजार घट्दा नेप्से २०७०.८४ अंकमा झरेको छ । 

आज ३०७ कम्पनीका १ करोड ४३ लाख ३७ हजार ७ सय ३८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६ सय ११.३७ रुपियाँ बराबरको कारोबार भएको हो ।

समग्रमा बजार घटेपनि नेपाल इन्स्योरेन्स, इन्फिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ र चिरख्वा हाइड्रोको शेयर मूल्य १०-१० प्रतिशतले बढ्यो । अरु ७ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाए । 

त्यस्तै बीपीडब्लू लघुवित्त, हिमालयन हाइड्रो र सूर्यज्योति लाइफका लगानीकर्ताहरुले क्रशः १०, ९.९९ र ९.८२ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १९ करोड ६६ लाख ६४ हजार ७ सय ९३.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार बजार २१.०३ अंकले घट्दा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८ सय २९.८० रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार क्रिसमस र मंगलबार उधौली पर्वको सार्वजनिक बिदाका काराण बजार बन्द रहेको थियो ।   
 

Advertisement

Advertisement