दुर्गा प्रसाइँ पक्राउ, घरै पुग्यो प्रहरी

Advertisement

भक्तपुर । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री केपी ओलीको कडा आलोचना गर्दै आएका उनलाई प्रहरीले साइबर अपराधमा पक्राउ गरेको हो । 

पक्राउ गर्न आउँदा ढोका नखोलेपछि प्रहरीले भर्‍याङ लगाएर प्रसाइँको घरको कम्पाउण्डमा प्रवेश गरेको थियो । साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा आएको प्रहरी टोलीलाई महानगरीय प्रहरी परिसर भक्तपुर र ठिमी वृत्तले सघाएको थियो । 

Advertisement

प्रसाइँसहित युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायतका महिलाले उनीहरुविरुद्ध जाहेरी दिएका थिए ।

वेश्यावृति गरेको आरोप लगाउँदै आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै प्रसाइँविरुद्ध संगौलाले जाहेरी दिएकी हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ पनि हुन् । अर्को पार्टीकी नेतृत्वले उजुरी दिएपछि नेकपा एमाले नेतृत्वको सरकारलाई प्रसाइँविरुद्ध कारवाही गर्न पनि सहज भएको छ । 

Advertisement

Advertisement