दुर्गा प्रसाइँपछि लिङदेनलाई पनि पक्राउ गर्ने सरकारको संकेत, सके पक्राउ गरेर देखाउः लिङदेन

Advertisement

काठमाडौं । व्यवसायी दुर्गा प्रसाइँलाई प्रशासनले पक्राउ पुर्जी जारी गरेको समाचार आएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई पनि पक्राउको संकेत दिइएको छ । 

लिङदेनले आफूलाई सरकारले पक्राउ गर्न खोजेको खुलासा गरेका छन् । पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी पत्र दिने कार्यक्रमा उनले आफूलाई पक्राउ गर्न खोजिएको भन्दै सके पक्राउ गरेर देखाउन चुनौति दिएका छन् । 

Advertisement

संविधानको विरोध गरेको आरोपमा सरकारी पक्षले लिङदेनलाई पक्राउको संकेत दिएको हो । राप्रपासहित राजसंस्था पक्षधर, हिन्दूवादी र मधेसी दलहरुले अहिलेको संविधानको आलोचना गर्दै संविधान दिवसलाई कालोदिवसको रुपमा मनाउँदै आएका छन् । यस बर्ष (भोलि बुधबार) पनि उनीहरुले कालो दिवसको रुपमा मनाउँदै छन् । 

लिङ्देनले भने, भोलि संविधान दिवस छ । संविधान विरोधी पार्टीका नेताहरुलाई सरकारले नोटिसमा राखेको छ रे । त्यसमा राजेन्द्र लिङ्देन पनि छ म केपी ओलीको सरकारलाई चुनौतीको भाषामा भन्न चाहन्छु, यो संविधानले व्यवस्था गरेको संघीयता, धर्म निरपेक्षताको विरोधी हो राजेन्द्र लिङ्देन । त्यसको विरोध गर्छ । विपक्षमा छ । सके पक्रेर देखाओस् । हामीले कुनै अराजकतामा भविष्य खोजेका छैनौं। त्यसैले हामीले संयमिता अपनाइरहेका छौं ।’

Advertisement