मुक्तिनाथ विकास बैंकले महिलाहरुलाई दियो वित्तीय साक्षरता कार्यक्रम

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकद्वारा नेपाल महिला उद्यमी महासंघको २१औं वार्षिक साधारण सभाको अवसरमा उक्त महासंघमा आवद्ध महिला उद्यमीहरुको लागि वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त कार्यक्रममा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृतसमीर शेखर बज्राचार्य र मार्केटिङ्ग विभागका प्रमुख विनयरत्न शाक्यले सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा महिला उद्यमीहरुले बैंकिङ्ग कारोबार र सेवा सुविधा सम्बन्धी राख्नु भएको विभिन्न जिज्ञासाहरुलाई बैंकको तर्फबाट स्पष्ट समेत पारिएको थियो । 

Advertisement

महासंघका अध्यक्ष शोभा ज्ञवालीले उक्त कार्यक्रमबाट महिला उद्यमीहरुलाई बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन मिल्नुको साथै, बैंकको सेवा सुविधा बारे जानकारी भएको र सहभागीहरुको जिज्ञासाहरुलाई स्पष्ट भएकोले आगामी दिनमा बैंकबाट कर्जा उपयोग गर्न सहज हुने बताएकी थिइन् । उक्त कार्यक्रममा महासघको तर्फबाट १५० जना महिला उद्यमीहरु सहभागी थिए । 

undefined

Advertisement

Advertisement