शेयर बजारको ‘विष्णु बुल’ मा एकाएक ब्रेक: किन बेचैन छन् अर्थमन्त्री पौडेल ?

Advertisement

काठमाडौं । शेयर बजारको अस्वाभाविक वृद्धिमा एकाएक ‘ब्रेक’ लाग्न थालेसँगै अर्थमन्त्री विष्णु पौडेलमा बेचैनी शुरु भएको छ । जुन तथ्य निरन्तर घट्दो बजारमा अर्थमन्त्री पौडेलले देखाउन थालेका सक्रियताले देखाउँछ ।

जब बिष्णु पौडेलले अर्थमन्त्रालयको बागडोर सम्हाल्दै थिए, त्यतिबेला शेयर बजार परिसूचक नेप्से करिब २१ सय अंकको विन्दुमा थियो । उनको सत्तारोहण लगत्तै शेयर बजारले एकाएक तीन हजारको विन्दु चुम्यो । जबकी शेयर बजार त्यसरी उत्ताउलिएर बढ्नुपर्ने गरी आर्थिक गतिविधि बढेकै थिएन् । न कम्पनीहरुको वित्तीय अवस्थामा नै सुधार आएको थियो । अर्थमन्त्रीको टाउको देखाएर बढाउन थालिएको शेयर बजारलाई ‘बिष्णु बुलिस’को पनि संज्ञा दिइएको छ । 

Advertisement

दैनिक जसो ८० देखि १५० अंकले नेप्से सूचक बढ्दै गर्दा यता कारोबार पनि दैनिक रुपमै २५–३० अर्बको भयो । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई प्रोत्साहित गर्नेगरी चालु आर्थिक बर्षका लागि ल्याएको मौद्रिक नीतिले बैंकिङ समूहका कम्पनीहरुको शेयरमा सामान्य सुधार आउनुसम्म स्वाभाविक भए पनि अर्थमन्त्री बिष्णु पौडेललाई देखाएर शेयर बजारमा खेल्ने गिरोहले अस्वाभाविकरुपमा शेयर बजार उचाल्न थाल्यो । सरकारले पनि आफूहरु आएपछि अर्थतन्त्रमा सुधार आएको भन्दै प्रचार गर्ने अवसर पायो । तर यो कृतिम वृद्धिबाट उक्त गिराहलाई मनग्य कमाइसकेपछि बजार फेरि घटाउन थालेको छ, जसलाई उनीहरु ‘करेक्सन’को संज्ञा दिएर सर्वसाधारण लगानीकर्ताहरुलाई अल्मल्याउने काम गरेका छन् ।  

बिष्णु बुलिस सुरु भएपछि कुन शेयर किन्ने ? कुन बेच्ने ? आम सर्वसाधारण लगानीकर्ताहरुमा अन्योलताको स्थिति बन्यो । यही अन्योलतामा उनीहरुले केही नाफा हुने आशामा जथाभावी लगानी गर्न बाध्य भए । नेपाल रिपब्लिक मिडिया जस्ता कमजोर कम्पनीहरुको समेत शेयर मूल्य एकाएक उचाल्ने काम भयो । बजारले ‘बुलिस ट्रेन्ड’ (उकालो यात्रा) लियो, अब नेप्से पाँच हजार पुग्छ भन्दै शेयर बजारमा खेलेर रातारात अर्बपति हुने गिराहेका नाइकेहरुले मिडियाहरुमा बोल्न थाले । त्यही प्रचारमा मेहनत गरेर कमाएको पैसा लाखौं साधारण लगानीकर्ताले शेयर बजारमा लगाए । नेप्से तीन हजार नाघ्नासाथ एकाएक बिना कारण घटाउन थालिएपछि ती साना लगानीकर्ता अहिले जिल्लिएका छन् । 

यता शेयर बजारलाई देखाएर राजनीति गरेका अर्थमन्त्री बिष्णु पौडेलसहित सरकारका मन्त्रीहरु शेयर मूल्यमा तीब्र गिरावट हुन थालेपछि बेचैनी सुरु भएको छ । अर्थतन्त्र मन्दीमा रहेको बेला कृतिम ढंगले बढाइएको शेयर मूल्य दिगो नहुनु स्वाभाविक हो । शेयर बजारको गिरोहले आफ्नो स्वार्थ पूर्ति भएपछि हात छोडिदिएको छ । तर अर्थमन्त्री पौडेल ‘बिणु बुलिस’लाई कायम राख्ने प्रयासमा छन् । सोही क्रममा उनले मंगलबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा पुगेर किन शेयर बजारमा उतारचढायो आयो ? भन्दै नेप्सेका कर्मचारीहरुलाई केरकार गरे । नेप्सेको उनको यात्रा शेयर बजारमा सकारात्मक प्रभाव पार्नु पनि थियो । शेयर बजारको गिरावटप्रति अर्थमन्त्री चिन्तित छन् भन्ने सन्देश दिनु पनि हो । 

देशको समग्र अर्थतन्त्र शिथिल भएको बेला सर्वसाधारण लगानीकर्ताले शेयर बजारबाट केही आम्दानी हुन्छ कि ? भन्ने आशा राख्नु स्वाभाविक हो । तर उनीहरु हरेक पल्टको ‘बुलिस’मा गठिँदै आएको छन् । एउटा सानो झुण्डा रातारात करोडपति र अर्बपति बन्न पुगेको छ । यो गिरोह क्लब हाउस र सामाजिक सञ्जालका च्याट ग्रुपहरुको प्रयोग गर्दै र मिडियामार्फत भ्रम छर्दै शेयर बजारलाई तरंगित पार्ने, साधारण लगानीकर्तालाई भ्रमित गर्ने र आफूहरु धनी हुने खेती गर्दै आएका छन् । यो गिराहले नेपालको राजनीतिक, प्रशासनिक, नियामकीय क्षेत्रमा पनि प्रभाव पार्न सक्षम भइसकेको छ । उनीहरुलाई न नेपाल धितोपत्र बोर्डले कारवाही गर्नसक्छ न प्रहरीले पक्राउ नै गर्छसक्छ । धन्दा उनीहरुको अवेध भए पनि कर तिरेकाले बैधानिक हुँदै आएका छन् । यस्ता गिरोहमा केही मिडियाका सञ्चालकदेखि पत्रकारहरु समेत संलग्न देखिन्छन् जो बिना श्रम रातारात धनी भएर काठमाडौंमा महल समेत ठड्याउन सफल भइसकेका छन् ।  

बिष्णु बुल’ भन्दै शेयर बजारमा अस्वाभाविक उचारचढाव सिर्जना गर्ने गिराहलाई साथ दिने काम संस्थापक लगानीकर्ताले पनि गरेका छन् । कम्पनीलाई नाफामा लैजान संस्थापक लगानीकर्ताले सोही गिरोहको सुत्र अपनाउने गरेको देखिन्छ । शेयर बजारमा लगानी गर्ने कम्पनीहरुमा प्रायः शेयर बजारमा खेल्ने गिराहकै लगानी पनि हुने गरेको छ । 

बजारबाट मस्त कमाएपछि यी खेलाडी लगानीकर्ताहरु अहिले विस्तारै बाहिरिँदै छन् । पछिल्ला दिनहरुमा नेप्से सूचक क्रमशः घट्दो क्रममा छ । चार–पाँच हजारको विन्दु नचुमी अब बजार फर्किदैन भनेर मिडियाहरुमा बोल्नेहरुले अहिले शेयर बेचेर नेप्से झार्ने रणनीतिमा लागेको देखिन्छ । नेप्से अहिले दुई हजार ५७६ अंकको विन्दुमा आइपुगेको छ जसको तरंग अर्थमन्त्री पौडेलमा देखिएको छ । 

बिष्णु बुल’ भन्दै शेयर बजारमा अस्वाभाविक उचारचढाव सिर्जना गर्ने गिराहलाई साथ दिने काम संस्थापक लगानीकर्ताले पनि गरेका छन् । कम्पनीलाई नाफामा लैजान संस्थापक लगानीकर्ताले सोही गिरोहको सुत्र अपनाउने गरेको देखिन्छ । शेयर बजारमा लगानी गर्ने कम्पनीहरुमा प्रायः शेयर बजारमा खेल्ने गिराहकै लगानी पनि हुने गरेको छ । 

किन बेचैन छन् अर्थमन्त्री पौडेल ?
आफ्नै कारणले बजार बढेको भ्रममा रहेका अर्थमन्त्री पौडेल एकाएक बजार खस्किन थालेसँगै बेचैन बन्न पुगेका हुन् । किनभने उनी देशको राजनीतिक परिस्थिति र भूराजनीतिक अवस्थाका कारण देशमा उद्योगधन्दाको विकास गरेर वैदेशक व्यापारमा रहेको असमानता अन्त्य गर्न सक्दैनन् । युवाहरुलाई देशमै रोजगारी सिर्जना गरेर रेमिटान्समा आधारित अर्थतन्त्रको जग भत्काउन सक्दैनन् । क्षणिक राजनीतिक लाभका लागि शेयर बजारलाई उनले अस्त्रको रुपमा प्रयोग गरेका छन् । शेयर बजार घट्दा अर्थमन्त्री अर्थतन्त्र सुधार गर्न असफल भएको सन्देश प्रवाह हुने भएकाले पौडेलमा बेचैनी बढेको देखिन्छ । तर शेयर बजार कसरी चलेको छ ? यसबाट कसलाई लाभ भएको छ ? कसलाई हानी भएको छ ? उनी खोजबिन र कारवाही गर्नसक्ने क्षमता राख्दैनन् । 

शेयर बजार परिसूचक नेप्से र कारोबार दुबै लगातार घट्न थालेपछि अत्तालिदै अर्थमन्त्री पौडेल आफ्नो लोकप्रियता घट्ने चिन्ताले नेप्सेमा पुगेपछि शेयर बजारबाट ठूलो रकम गुमाइसकेका धेरै लगानीकर्तामा चासो बढेको देखिएको छ । अर्को हप्ता शेयर बजारमा सुधार आउने आफ्नो नोक्सान भएको रकम फिर्ता हुन्थ्यो कि भन्ने आशामा सर्वसाधारण लगानीकर्ता रहेका छन् । शेयर बजारमा किन अस्थिरता आइरहेको छ ? कारण के हो ? अर्थमन्त्री पौडेलले सोध्दा नेप्सेका कर्मचारीहरुले स्पष्ट आधार प्रस्तुत गर्न सकेनन् । किनभने शेयर बजारको कृतिम उतारचढाव सिर्जना गर्ने कार्यमा स्वयम नेप्सेकै कर्मचारीहरुको समेत संलग्नताको आशंका हुँदै आएको छ । 

नेपाली कांग्रेसको समर्थनमा नेकपा एमाले नेतृत्वमा दुईतिहाईको सरकार बनिसकेपछि लगानीकर्तामा विश्वास जागृत भएको प्रचार सरकारी पक्षले गर्दै आएको छ । शेयर बजारमा दिगो ढंगले लगानी गर्न चाहनेहरु पूँजी बजारको दिगोपना, भरपर्दो र विश्वसनीय विकासको पक्षमा देखिन्छन् । अहिलेको अस्वाभाविक वृद्धि र गिरावटबाट उनीहरुको विश्वास ट्टदै जाने अवस्था सिर्जना भएको छ । कारोबार किन पाँच अर्बमा झर्यो ? यसको जवाफ चाहन्छु भन्ने अर्थमन्त्री पौडेलको प्रश्नमा यो उत्तर लुकेको छ ।  

पूर्वजानकारी समेत नदिई हतारहतार राजस्व सचिव दिनेश घिमिरे, नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यबहाक अध्यक्ष महेश बरालसहितको आफ्नो टिम लिएर नेप्से पुगेका अर्थमन्त्री पौडेललाई शेयर बजारले आगामी दिनमा झन चुनौति दिने देखिन्छ । 

३ हजार विन्दुमा पुगिसकेको नेप्से सूचक, ३० अर्बसम्म पुगेको कारोबार अहिले एकाएक किन ५ अर्बमा झर्यो ? यसको जवाफ मलाई चाहिन्छ

‘यतिबेला राजनीतिक समस्या कुनै छैन् । यद्यपि अर्थतन्त्रले भने लय समाउन सकेको अवस्था छैन् । ठूलो दलहरु मिलेर बनेको सरकारले आर्थिक स्थिरता दिने आशामा नेप्से बढेर तीन हजार विन्दुमा पुगेको र ३० अर्बसम्म कारोबार पुगेको हो भने गिरावट आउनुपर्ने कारण कुनै पनि छैन् । यसको कारण खोज्दै जाने हो भने अर्थमन्त्रीले खोजेकोभन्दा धेरै प्रश्नहरुको उत्तर पाउने छन् । 

जतिबेला शेयर बजारले अस्वभाविक उचाई लिँदै थियो, पौडेल मख्ख थिए । के कारणले यसरी बजार बढिरहेको छ ? कसले बढाईरहेको छ ? भनेर खोज्नतर्फ लाग्ने भन्दा पनि आफू आएकाले शेयर बढेको भ्रममा उनी थिए । बरु बजार बढ्नुलाई अर्थमन्त्री पौडेलले आफ्नै लोकप्रियतासँग जोडेर हेरे । जब बजार खस्किन थाल्यो, तब उनको निन्द्रा खुलेको छ । 

शेयर बजारको अस्वभाविक बढाईलाई लिएर संसददेखि सडकसम्म आवाज उठ्दा अर्थमन्त्रीलाई लागेकै थिएन यो भित्र निकै ठूलो भ्रष्टाचारको खेल छ । शेयर बजारका खेलाडीले चलखेल गर्दा साना लगानीकर्ताहरु डुब्ने खतरा भएको छ । लगानी लगानीकर्ताको पुँजीको रक्षाको चिन्ताले नभई आफ्नो राजनीतिक लाभहानीका लागि यतिबेला अर्थमन्त्री सक्रिय भएका छन् । 

आफ्नो लोकप्रियता बढ्ने देखेपछि अर्थमन्त्री पौडेलले बरु शेयर बजार थप बढाउन केन्द्रीय बैंकमाथि नै दबाब सिर्जना गरे ।

शेयरधितो कर्जाको सीमा खारेज गर्न केन्द्रीय बैंकमाथि दबाब

अहिले केन्द्रीय बैंकले व्यक्तिगत शेयर धितोकर्जाको सीमा २० करोड कायम गर्दै संस्थागत कर्जामा सीमा खारेज गरिदिएको छ । यसले पनि बजारमा खेलाडीहरुलाई चलखेल गर्न थप सहयोग मिलेको छ । यो विषय अर्थमन्त्री पौडेलले खै बुझेको ? 

Advertisement