एनआईसी एशिया बैंकद्वारा पुस्तकालय भवन हस्तान्तरण

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरु मध्ये दुई विद्यालयमा पुस्तकालय भवन हस्तान्तरण गरेको छ । 

विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माणार्थ सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकले निर्माण गरेका उक्त पुस्तकालय भवनहरुमा पुस्तकालय उद्घाटन गरिएको छ ।

Advertisement

बैंकद्वारा कोशी प्रदेशको झापा जिल्ला स्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित गौरीगञ्ज माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेका पुस्तकालय भवनमा असोज ४ गते स्थानीय तह, विद्यालय र बैंकका प्रतिनिधिहरुको उपस्थितिमा पुस्तकालय समुद्घाटन गरिएको हो । 

Advertisement

Advertisement