युनाइटेड मोदी हाइड्रोले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

Advertisement

काठमाडौं । सिटिजन्स क्यापिटल र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । 

उक्त सम्झौतामा युनाईटेड मोदीका अध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

Advertisement

सम्झौता अनुसार सिटिजन्स क्यापिटल मार्फत निकट भविष्यमा युनाईटेड मोदीको हकप्रद शेयर साधारणसभाबाट पारित भए पश्चात निष्काशन हुनेछ । 

युनाईटेड मोदीको पर्वत जिल्लामा अवस्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको ‘तल्लो मोदी– १ जलविद्युत आयोजना’ २०६९ मंसिर देखि नै संचालनमा आईसकेको छ ।
 

Advertisement

Advertisement