बालकुमारी घटनामा २ जनाको मृत्यु, गृहले बनायो छानबीन समिति

Advertisement

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएका युवाहरुले बालकुमारीमा गरेको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ । 

गोली लागेर घाइते भएको सुजन राउत र वीरेन्द्र शाहको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । 

Advertisement

पानीजहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन मिल्ने व्यवस्था गर्न माग गर्दै युवाहरु आन्दोति भएको थिए । सडक बन्द गर्ने र मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । 

यसैबीच उक्त घटनाबारे छानबीन गर्न गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको नेतृत्वमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेको छानबीन समितिले गठन गरेको छ ।  

Advertisement

Advertisement