‘हामी नभएको भए देशमा गृहयुद्ध भइसक्थ्यो’

प्रधानमन्त्री दाहाललाई बालुवाटारबाट खुमलटार पुर्याइदिने गगनको चेतावनी

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्याउने चेतावनी दिएका छन् । 

शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत काँग्रेसको रहेको जिकिर गरेका हुन् ।  काँग्रेसले चाहेर नै दाहाललाई प्रधानमन्त्री बनाएको थापाको भनाई थियो । 

Advertisement

उनले काँग्रेसले नचाहेको दिन प्रधानमन्त्री रहिरहन नसक्ने बताउँदै  काँग्रेस नभए देश गृहयुद्धमा फस्ने दाबी गरे । थापाले बालकुमारीमा बिहीवार भएको घटनाप्रति दुःख व्यक्त गरे । 

उनले भने, ‘अहिले नेपाली काँग्रेस पार्टी छैन भन्ने कल्पना गर्नुभयो भने नेपाल कुनै न कुनै गृहयुद्धमा पर्छपर्छ कि धार्मिक कि जातिय, कुनै न कुनै अतिवादमा पर्छ । काँग्रेसले सरकार चलाउने कुरामा योग्यता राख्न सकिरहेको छैन् । अहिले फेरि हामीले जिम्मा पाएका छौँ । यो बेला हामीले काम गर्नुपर्छ । प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि, प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने खुमलटारबाट बालुवाटार ल्याउने हैसियत काँग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि काँग्रेसको छ । आजको समस्याको चर्चा जुन भयो, त्यसको सम्बोधन कसले गर्ने त ? आजको सबैभन्दा ठूलो नेपालको मुद्दा रोजगारीको हो । बालकुमारीमा जुन घटना भाये त्यो दुःखद् घटना हो ।’

महामन्त्री थापाले पार्टी सभापतिको गोजीबाट राष्ट्रिय सभा सदस्य छान्ने परिपाटी अन्त्य गर्नुपर्ने बताउँदै यसबारेमा आफूले महासमितिको बैठकमा प्रश्ताव गर्ने र सो प्रश्तावमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुसँग आग्रह गरे । उनले राष्ट्रिय सभा सदस्य मनोनयन गर्न लामो छलफल गरेपनि पार्टी सभापतिको गोजीबाट नै अन्तिममा नाम टुंगो लाग्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए । 

Advertisement

Advertisement