प्रहरीको गोली लागेर ज्यान गुमाउने बेरोजगार युवाको परिवारलाई १०–१० लाख दिने निर्णय

Advertisement

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई बेरोजगार युवाको परिवारलाई सरकारले १०–१० लाख रुपियाँ राहत दिने निर्णय गरेको छ ।

त्यस्तै, सरकारले पीडित परिवारहरुले भनेकै स्थानमा उनीहरुको अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । आज शनिबार मन्त्रिपरिषद बैठक बसेर यो निर्णय गर्न लागेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिडियाहरुलाई बताएका छन् । 

Advertisement

पानी जहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा दुई जनाको ज्यान गएको थियो । 

Advertisement

Advertisement