काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ६.३२ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आव २०७९÷८० को नाफाबाट हाल कायम चुक्तापूँजीको ६.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव तुलसीराम पाठकले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ६६ करोड ५७ लाख ६४ हजार २ सय ७२.४५ रुपियाँ छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।