बालकुमारीमा सुरक्षा कमजोरी भयो, सीडीओले गोली नचलाउनु भन्दाभन्दै चलाइयोः गृहमन्त्री

Advertisement

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको बालकुमारीमा पुस १३ गते भएको घटनामा सुरक्षा कमजोरी भएको स्वीकार गरेका छन् । 

संसदको राज्य व्यवस्था समितिको बैठकमा सोमबार उनले फिल्डमा खटिएका प्रहरीको कमाण्डर, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ र ईपीएस कार्यालय प्रमुखको भूमिकामा त्रुटि भएको आफूहरुको प्रारम्भिक बुझाइ रहेको बताएका हुन् ।

Advertisement

श्रेष्ठले भने, ‘ईपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक देखिएन् । रियाक्टिभ देखियो । त्यही भएर श्रम मन्त्रालयले उनलाई जिम्मेवारीबाट हटाइसकेको छ । यसैगरी, अनुसन्धानमा सघाउन सहयोग होस् भनेर ललितपुरको प्रमुख जिल्ला अधिकारी (सीडीओ), ललितपुरका प्रहरी प्रमुख (एसएसपी) र फिल्ड कमाण्डमा खटिएका प्रहरी कमाण्डर (डीएसपी)लाई पनि जिम्मेवारीबाट हटाइएको छ ।’ 

ललितपुरका प्रमुख जिल्ला अधिकारीले कुनै पनि हालतमा गोली नचलाउनु भनेर आदेश दिँदादिँदै गोली चलेको रिपोर्ट आफूसँग रहेको भन्दै मन्त्री श्रेष्ठले आफूहरुको प्रारम्भिक बुझाइ सुरक्षा कमजोरी भएको बताए । वास्तविक अवस्था पत्ता लगाउन जाँचबुझ आयोग गठन गरिएको उनले बताए । 

Advertisement

Advertisement