युनाइटेड मेवा खोलाले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

Advertisement

काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । 

सोही प्रयोजनका लागि सिटिजन्स क्यापिटल लिमिटेड र युनाइटेड मेवा खोलाबीच डिल्लीबजार, काठमाडौंमा साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति  सम्बन्धी सम्झौता भएको छ । 

Advertisement

उक्त सम्झौतामा युनाइटेड मेवा खोलाका कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटल प्रमुख कार्यकारी अधिकृतसबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार सिटिजन्स क्यापिटलले युनाइटेड मेवा खोला हाइड्रोको आईपीओ निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । 

युनाइटेड मेवा खोला हाइड्रोले निर्माण गरिरहेको आयोजना ‘मेवा खोला जलविद्युत आयोजना’ ताप्लेजुङ्ग जिल्लामा अवस्थित रहेको छ । सो आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।   
 

Advertisement

Advertisement