काठमाडौं । विभिन्न ३ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।
यसैक्रममा गरिमा विकास बैंकले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ३७४.४३ कायम गरिएको छ । यसअघि रु. ४१० थियो ।
त्यस्तै लुम्बिनी विकास बैंकले ४ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ३८६.५४ कायम गरिएको छ । यसअघि रु. ४०२ थियो ।
त्यसैगरी छिमेक लघुवित्त वित्तीय संस्थाले ५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ८६५.७१ कायम गरिएको छ । यसअघि रु. ९०९ थियो ।
तीनवटै कम्पनीको मंगलबार समायोजन गरिएको मूल्यबाट शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।