सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा  ५.२६ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव दीपबहादुर विसीले जनाएका छन् । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपियाँ छ ।

सञ्चालक समितिको प्रस्ताव बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् । 
 

Advertisement

Advertisement