भ्रष्टाचारमा मुछिएका स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई पदबाट हटाउनुपर्छः तोसिमा कार्की

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउनुपर्ने बताएकी छन् । 

हुँदै नभएको आधारभूत अस्पतालहरुको सामान खरिद प्रकरणमा करोडौंको कमिसनको चलखेल गरिरहेकाले मन्त्री बस्नेतलाई तत्काल पदबाट हटाउनुपर्ने उनको जिकिर छ । 

Advertisement

मंगलवार संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा कार्कीले अस्पतालहरुमा आवश्यक दरबन्दी थप्न नचाहने, तर हुँदै नभएका अस्पतालहरुमा पनि उपकरण खरिदको नाममा सेटिङमा कमिसन खान खोज्ने मन्त्री बस्नेतलाई स्पष्टीकरण लिएर पदबाट हटाउनका लागि प्रधानमन्त्रीलाई सुझाव दिइन् । 

सांसद कार्कीले २०७४ सालमा स्वास्थ्यमन्त्री हुँदा टेरामेक्स प्रविधि भित्राउने नाममा ३ अर्वसम्म भ्रष्टाचार गरेको अभियोगमा मुछिएका मन्त्री बस्नेतलाई किन सोही मन्त्री बनाएको ? भनी पटकपटक प्रश्न समेत गरिन् । उनले कानुन विपरित कर्मचारीहरु हटाएर मन्त्री बस्नेतले वीरलगायतका अस्पतालका विरामीहरुको उपचारमा समेत समस्या ल्याउने काम गरेको बताइन् । 

कार्कीले भनिन्, ‘हाम्रो माननीय स्वास्थ्यमन्त्री मोहन बस्नेत २०७४ मा स्वास्थ्यमन्त्री हुँदा टेरामेक्स प्रविधि ल्याउने प्रक्रियामा खरिद बिक्री प्रक्रियामा ३ अर्बसम्म भ्रष्टाचार भएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेर यो मुद्दा चलाउने भएको छ । २०७४ सालमा भएको यो घटना, यसरी मुद्दा चलिरहेको र भ्रष्टाचारको अभियोगमा परेका व्यक्तिलाई सर्वप्रथम त किन यो स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइयो ? भन्ने मेरो प्रश्न । र, साथसाथै जब उहाँ स्वास्थ्यमन्त्री हुनुभयो । आज लगभग ७ महिनाभन्दा बढि भईसकेको छ । उहाँले गर्नु भएको मनोमानीहरु, गतिविधिहरु र अनैतिक कामहरुको सूचि निकै लामो छ ।’ 

सांसद कार्कीले वीर अस्पतालको बिरामीलाई निःशुल्क दिइँदै आएको खाना र खाजा समेत कटौति गरेकाले मन्त्री बस्नेतले त्यो पदमा बसिरहन नमिल्ने बताइन् । 

Advertisement

Advertisement