प्रकृतिसँग नजिक हुनेहरु अकालमा मर्दैनन्

Advertisement

पदम भण्डारी
मौसम चिसो छ । किनकि यो प्राकृतिक नियम नै हो कि यो मौसममा जाडो हुन्छ, तर राजनीति भने तातो नै छ । किनकि राजनीतिमा आगो फुक्नेहरु र ताप्नेहरु धेरै छन् । राजनीतिमा आगो फुक्नेहरु र ताप्नेहरुले गर्दा जाजरकोट र रुकुममा भूकम्पको प्रभावलाई मिडियाहरु र गलत प्रवृत्तिका मान्छेहरुले अतिरञ्जित तवरले चिसोले कठ्यांग्रिएर जाजरकोटमा चिसोले तीन जनाको मृत्यु, तीन वर्षीया बालिकाको मृत्यु, एक भूकम्पपीडितको मृत्युजस्ता समाचारहरु आईरहेका छन् । त्यस्तै, जाजरकोट र रुकुममा चिसो अझै बढ्छ । जाडो छल्न नसकेर सकिँदै जीवन भन्ने समाचारहरु बग्रेल्ति छापिएका छन् । त्यतिमात्रै हैन जाजरकोटको प्रश्न– सरकार छ कि छैन ? सरकार विरुद्ध कांग्रेसले देशव्यापी आन्दोलन गर्ने जस्ता मूख्य शीर्षकमा पत्रपत्रिका र सामाजिक सञ्जालहरुमा समाचारहरु हेर्न र पढ्न पाइन्छ । जाजरकोट र रुकुममा त्यहाँका मान्छे बिरामी भएको समाचारले मेरो मन पाकेको, पिरिएको, पिलिएको, दुःखी भएको हैन् । मेरो मन पाकेको पिरिएको, पिलिएको, दुःखी भएको कारण भावनामा बगेर, उत्तेजनापूर्ण हाउभाउले भरिपूर्ण भएर, समवेदनामा इमोस्नल ब्लाकमेलिङ गर्नेहरुले सामाजिक सञ्जालमा वाहवाही पाइरहेका देखेर र मानवीय आहतमा नुनचुक दल्नेहरुको दुष्चक्रमा फँसेको समाजको अवस्था देखेर हो । अलिकति पनि मानवीय सम्वेदना हुनेहरुका लागि सामाचारका यी हेडिङहरुमा भूकम्प पीडितहरुका लागि केही सहयोग गरौं भन्ने भावनाहरुलाई सहयोग गर्ने वातावरण बनाउनु त परै जाओस्, तिनीहरुका लागि स्वीकार्न सक्ने वातावरण पनि सिर्जना हुन सक्दैन ।

मानवीय सम्वेदनामा गलत किसिमले खेल्न खोज्नेहरुले आफ्नै गाउँघरको स्थानीय स्रोत र साधनको सदुपयोगको कुरा किन गर्दैनन् ? स्थानीय श्रोत र साधनको सदुपयोग गरेर न्यानोमा बस्ने भन्ने कुरा किन प्राथमिकतामा पर्दैन ? जाजरकोट र रुकुममा जिम्बु र भोटे जिराको व्यापार लोभलाग्दो भएको समाचार किन बन्दैन ? समयमा विदेशीहरुसँग त्रिपाल मागेन भनेर सरकारलाई गाली गर्ने अनि चीन, भारत र अरु विदेशीहरुले त्रिपाल समयमा किन पठाएनन् भनेर छिमेकीहरुलाई गाली गरेर बस्ने कि विदेशीहरुसँग किन त्रिपाल मागेन भनेर सरकारलाई गाली गर्ने ? विदेशीहरुले कहिले देलान र सरकारले कहिले पठाउला भनेर बस्ने कि गाउँघरको स्थानीय स्रोतसाधनको सदुपयोगको कुरा गर्ने ? हामी हुर्केको समाज र आँफूले पाएको शिक्षादीक्षाले हाम्रो सोंच्ने तरिकामा धेरै असर पारिरहेको हुन्छ भन्ने कुरा हरबखत याद गर्नु जरुरी छ । 

Advertisement

गाउँघरतिर पराल, खर, भुस, सुकेको घाँस, स्याउला शब्द सुन्दा पनि कति न्यानो महसुस हुन्छ । जाजरकोट र रुकुमका गाउँघरतिर यी जिनिसहरु पक्कैपनि छ्याप्छ्याप्ती पाईन्छन् । म सानै हुँदा एकपटक नजिक राखिएको परालको टौवामुनि बाघका डमरु भेटिएका थिए । हामी केटाकेटी हुँदा गाउँघरतिर बिजुलीको सुविधा नहुँदा जाडो मौसममा जाडोबाट बच्न घरलाई न्यानो पार्न खर, पराल ओछ्याएको, परालको कुटी बनाएको, झुप्रोभित्रै सुतेको कुरा याद आउँछ । जाडो मौसमको बेलामात्र हैन, बिजुलीको सुविधा नहुँदा गर्मी भएको बेला गर्मीबाट छुटकारा पाउन जुटको बोराको पर्दाजस्तो बनाएर तयसमा पानी छर्केर डोरीले तान्दै पंखा बनाएर हम्केको कुरा सम्झना आउँछ । 

हाम्रो भौगोलिक अवस्था, परिस्थिति, वातावरण सोचौं । हाम्रो स्वभाव, मिजास, मनोभाव, प्रवृत्ति, प्रकृति, गुण र बानीहरु सोचौं । हाम्रो समाज एउटा नियममा, अनुशासनमा, आत्म सम्मानमा बाँधिएको समाज हो । आफ्नो हितमा भन्दा अरुको हितमा ध्यान पुर्याउनु पर्छ भन्ने समाज हो । कर्म गर फलको आश नगर भन्ने समाज हो । अग्रज र अगुवाहरुको भनाई र तिनीहरुको भनाईले विश्वासी भई आँफूले सेवा गर्न इच्छुक समाज हो । आज समाज कतातर्फ उन्मुख हुँदैछ ? कति अचम्म ! हठ र जिद्दी भएकाहरु, मन, चित्त, मानसिक स्थिति, मनको अवस्था तनावपूर्ण र आवेगमा काम गर्नेहरुको विगविगी छ । कसैकसैले मात्र होला नत्र दुःखको बेला कस्तो हुन्छ भन्ने बुझ्दै नबुझेका मान्छेहरुको भिड बढ्दैछ । मित्थ्या कुरा गरेर र सुनेर आनन्द हुने, ढुक्क हुने अनि त्यस्ता कुराहरुले थप ताजगी र थप जोश दिनेहरुको जमात छ । यिनीहरु कि होसमा छैनन् कि यिनीहरुको स्वार्थ पुरा हुन पाएको छैन । 

यो सुन्दा मलाई झ्याउ लागेको छ, दिक्क लागेको छ, साह्रै खिन्न र निराश लागेको छ । छक्क पर्छु, मलाईमात्र त्यस्ता मान्छै मन नपरेको हो कि अरुलाईपनि मन परेको छैन कुन्नि । अप्रिय,  नमीठो, अरुचिकर, नरमाइलो बोल्नेहरुको बोल्ने शैली र ढंग मलाई मन परेको छैन । रविजस्ता मान्छे, ज्ञानेन्द्रजस्ता मान्छे, केपीजस्ता मान्छे, अमरेशजस्ता मान्छे, दुर्गा जस्ता मान्छे, जसले अर्कालाई सकारात्मक दृष्टिले हेर्न जान्दैनन्, अरुले गरेको राम्रो काम देख्न सक्दैनन्, त्यस्ता मान्छेहरु धेरैलाई किन मन परेको होला ? तिनीहरुले कहिल्यैपनि आफ्नो काम कुरामा ध्यान दिंदैनन्, खाली अर्काको बिगार्न र भत्काउनमात्र लाग्छन् । तिनीहरुको काम गर्ने शैली मलाई मन परेको छैन किनकि तिनीहरुको दैनिकी भनेको अरुलाई चिढाउनु, पिरोल्नु, दुःख दिनु, मन दुखाउनु, अपमान गर्नु, रुष्ट गराउनु र हानी गर्नु बनेको छ । कटु बचन गर्ने, मन नपर्ने एवं अप्रिय व्यवहार गर्ने र अर्घेलो झिक्ने तिनीहरुको बानी नै हो । अरुलाई जति धेरै अप्ठेरोमा पार्यो, जति धेरै चिढ्यायो तिनीहरुको सफलता त्यसैमा निर्भर छ । एक दिन न एक दिन ईतिहासले यो कुरा सावित गर्नेनै छ । 

अर्काको बढी नीतिखोजी गर्ने, मान्छेको कुरा काट्ने, कारण खोतल्दै बस्ने मानिसहरु मानसिक रुपमा स्वस्थ हैनन् । तर आज परिस्थिति यस्तो बन्दै गएको छ कि समाज यस तर्फ उद्दत बन्दै गएको छ र हामी आफ्नो आङमा भैंसी हिंडेको थाहा पाउँदैनौं, अर्काको आँङको जुम्रा देख्छौं । ती ब्यक्तिहरु आँफूलाई व्यक्तिगत तवरमा असर नगरेसम्म तिनीहरु अरुको दःखकष्टको मतलबै राख्दैनन् । मेरो लागि व्याकुल पार्ने खबर, चिन्तित बनाउने विषय,  चिन्ता लागेको विषय,  पिर परेको विषय भनेको के हो भने तिनीहरुको हल्लाले मलाई रातभर सुत्न दिंदैन । कुकुरहरु भुकेर मेरा थुप्रै रातहरु सुत्न नसकेर बितेका छन् । 

अर्को पाटो पनि छ जो अर्काको कुरामा त्यति ध्यान दिंदैन, मतलब राख्दैन, सानो र नचाहिँदो कुराको वास्ता गर्दैन, आफ्नै काम कुरामा बढी ध्यान केन्द्रित गर्छ, जो उसको आफ्नो सरोकारको विषय होइन, जो आफ्नो विज्ञताको विषय होइन, त्यो विषयमा बोल्दैनन्, ती मान्छेहरु आत्मकेन्द्रित हुन्छन र काममा मात्र ध्यान दिन्छन् । यस्ता मान्छेहरु नदेखिने न नसुनिने बनेर आफ्नो काम गरेर बसिरहेका छन्, तर तिनीहरुलाई काम केन्द्रित हुन उर्जा मिलिरहेको छैन । मजस्ता चिन्ता लाग्नेहरु धेरै छन्, तर चिन्तन गरेर समाधानको पहल नगर्नेहरु पनि धेरै छन् । जाजरकोट र रुकुममा केटाकेटीहरु बिरामी परेको समाचारले मन पाक्छ, पिरिन्छ, पिलिन्छ दुःखी हुन्छ तर त्यसले त समाधान निस्किदैन । त्यस्तो कुरामा चिन्ता गरेर पनि के काम ? शिथिल, निरुत्साह, उत्साह शुन्य, उदासीन ब्यक्तिहरुको उत्तर कतिपयका ओंठे जवाफ, कतिपयको ओठेभक्ति, देखावटी भक्ति, कतिपयको उदासीनताको, चासोको अभावको, हाउभाउका लागि पर्खनु अत्यास लागो विषय बनेको छ । 

सहयोगी मनहरुलाई, हातहरुलाई मेरो बिनम्र अनुरोध छ, अरुलाई सहायता गर्न तपाईं साँच्चै चाँडै तयार हुनुहुन्छ भने, आतुर हुनुहुन्छ भने, यो मेरो कृतज्ञताको सानो चिनो हो, आफूसँग राखिदिनुस् । ती बकम्फुसेहरुका कुरा सुनेर, सोंचेर अधीर नहुनुहोस् । अझ मन लगाएर काम गर्नुहोस्, अझ कम्मर कसेर काम गर्नुहोस । अचेत हुनु, तोरीको फूल देख्नु, बेहोशिनु, सुद्धीबुद्धी हराउनु, उत्साह भंग हुनु, पूरा निराश हुनु भनेको ती फटाहाहरुको काममा मलजल गर्नु हो, सघाउनु हो, तिनीहरुको हौसला बढाउनु हो । त्यसैले विचारशील भई कौशलतापूर्वक, पुरा ध्यान दिएर, पीडितहरुबारे सचेत भएर, अरुको भावनाको कदर गरेर, अरुको ध्यान नमोडिकन, खलल नपारिकन, नअल्मल्याईकन, मन नडुलाइकन, कतैपनि नअल्मलिकन ध्यान दिन र चासो देखाउन, घोरिन, चिन्तित नभइकन चिन्तन गरेर, विवेकशील बनेर पिडितको वास्ता गरेर ख्याल राखेर काम गर्न र सहयोग गर्न अनुरोध छ । 

हामी सबैले ध्यानमा राख्नु, होशियार हुनु, ध्यान दिनु, चिनि राख्नु, हेर्नु, ख्याल राख्नु, विचार गर्नु, ध्यान आकर्षण गर्नु जरुरी छ । सहयोगी मनहरु र हातहरुले आफ्नो ख्याल गर्नुस्, आफ्नो सहयोगलाई सावधानीपूर्वक, होसियार बनेर, मित्रवत ब्यवहार र  खबरदारी गर्दै ध्यानपूर्वक कुन(कुन कुरामा ध्यान राख्नुपर्छ , कुन कुराले आफ्नो मन खाएको छ, आफ्नो मन खिचेको छ, विचार गर्नु जरुरी छ । असल काम गर्नु भनेको भीरमा हिंड्नु जत्तिकै हो । भीरमा हिँड्दा खेलाँची नगरिकन, ख्यालख्याल नगरिकन  दृढताकासाथ, दृढ प्रतिज्ञाकासाथ हिंड्नु जरुरी छ । पिडितहरुलाई सहयोग गर्नु भनेको ठूलो काम गर्नु, ठूलो काम गर्नमा कम्मर कस्नु हो । केहि गलत प्रवृत्तिका खेलाडीहरुको कारणले खेलमा हार भयो भने एउटा मैदानको लापरवाहीले गर्दा भनेर पन्छिने अवस्था हुनुहुँदैन, आउनु हुँदैन । 

जाजरकोट र रुकुम पश्चिममा भूकम्पको प्रभावले हाम्रो मन रुवाएको छ । चिन्तित हुनु, मन बफाउनु, रुखिनु, उत्कण्ठित हुनु, शङ्का गर्नु, दुविधाले पिरिनु, मनमा चिन्ता र रिस खेलाउनु, अरुलाई दोषी मात्रै देखाएर, जरिवाना तिराएर, असजिलो महसुस गराएर, खेल जितकाहरुको ईतिहासले हिसाब किताब गर्ला । राम्रो मनस्थितिमा नचिढिईकन, नफन्किईकन नरिसाईकन, रीस नउठाईकन, त्यस्तो कुरा गर्यो भने अरु चिढिन्छन् कि भन्ने सोंचेर नचिढिइकन, चित्त नदुखाईकन, सानो चित्त मन नगरिकन, मन नदुखाईकन, पिडितका कुराहरु सुनिदिन अनुरोध गर्दछु । 

टिभीमा समाचार हेरेपछि मलाई घोर निराशाले छोप्छ । मिडियामा धेरैजसो दुईजिब्रे अर्थात दुईमुखे प्रवृत्तिका हुन्छन् । तिनीहरुसँग  होशियार हुनुपर्छ । दैनिक कामचर्यामा गरिएको परिवर्तन तथा छाँटकाँट स्वीकार्न शुरु शुरुमा गाह्रो हुनसक्छ । तापनि  प्रयत्न गरेमा नयाँ स्थितिअनुसार काम गर्न सकिन्छ । तीतो भावना, कटुता, मनमुटाब, रिसीबी, वैमनस्य, रुष्ट हुनु, तीतो लाग्नु जस्ता कुराको म वास्तै नगरिकन, त्यस्तो कुरामा चिन्ता नगरिकन, पिडितहरुको पिडादायी दृश्यलाई मनमा राखेर सहयोग गर्न पछि नहटौं भनेर अनुरोध गर्न चाहान्छु । 

हामीले विगतमा खुलेर एकअर्कामा भावनाहरु साटासाट गर्थ्यौं । तर आज मिडियाको दुरुपयोग गर्नेहरुले, बोल्न पाउने हक र स्वतन्त्रताको दुरुपयोग गर्नेहरुले बाटो अलमल्याउन भरमग्दुर प्रयास गरिरहेका छन् । अर्काको सफलताको, लोकप्रियताको, क्षमताको डाह एवं ईर्ष्या गर्नु अर्काको सफलतामा, लोकप्रियतामा, क्षमतामा डाही हुनु ईर्ष्यालु हुनु यिनीहरुको दैनिकी बनेको छ । काम गर्नेहरुको हौसला बढाउन यिनीहरुले केहि गरेका छैनन् । आँफूहरुले सिन्को पनि नभाँच्ने र केहि गर्न खोज्नेहरुको खुट्टा तान्ने प्रवृत्तिले समाजमा जरो गाडेको छ । त्यसले गर्दा पिडितहरुपनि विभाजित भएका छन् । तागतिलो अर्थात तागत दिने पोशिलो चिज खाएमा तेज आउँछ, जीवनको भरथेग हुन्छ भन्नेकुरा जानेकाहरुलाई समेत दिग्भ्रमित हुनेगरि गरिएको रोईलोले समाज विकृत बनेको छ । तिनीहरुमा भरोसा राख्नु बेकार रहेछ भनेर थाहा नपाउञ्जेल यहि अवस्था रहे रहने छ । यो कुरा थाहा हुँदासम्म ढिलो भईसकेको हुनेछ । 

स्वार्थीहरुले मानवीय संवेदना बुझेनन्। त्यहाँका बासिन्दाको दयनिय अवस्थाबारे मजाक गरेका छन् । जनताको दुःखमा धेर थोर मलम लगाउनेहरुलाई उपहास गरेका छन् । काम गर्नेहरुले गल्ति गर्छन् तर कामै नगर्नेहरुले गल्तिमात्रै औंल्याएर हतोत्साहित पार्छन् । पीडितहरुलाई प्लास्टिकका त्रिपालहरु बाँडिएन भनेर दन्तबजान गरेका छन् तर त्यहिं भएका स्थानीय सामग्रीहरुको उपयोग गर्ने कुराहरुलाई ओझेलमा पारेका छन् । कहिले चिन, भारत र विदेशीहरुले त्रिपाल पठाउलान भनेर कुरेर बस्ने बानी पार्न जे मन लायो त्यहि लेखेका छन् भनेका छन् । स्थानीय श्रोत र साधनको सदुपयोग गरेर न्यानोमा बस्ने भन्ने कुरालाई प्राथमिकतामा पारेका छैनन् । 

भूकम्पले प्रभाव पारेको ठाउँको हावापानी राम्रो छ, जीवन जिउन सजिलो छ किनकि जो प्रकृतिको नजिक हुन्छ तिनीहरु सुखी हुन्छन् र उनीहरुसंग जिवन जिउने कला पनि हुन्छ । हामी सजिलै देख्न सक्छौं अधिकांश भुकम्प पिडितहरु शोकविह्वल भएतापनि तिनीहरुले भने उज्यालो व्यवहार गरिरहेका छन् । जसरी औषधी खाएपछि बिरामीलाई केही सन्चो महसुस हुन्छ त्यसरी नै झिसमिसेमै कुखुराको डाकोसंगै प्रधानमन्त्री प्रभावस्थलमा पुग्दा राहत महसुस भएको थियो । सरकारका प्रमुख प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मा पनि काम गर्ने र नतिजामुखी हुने हुटहुटी छ । उहाँको साहस देखेर सिपाहीहरु यत्ति छक्क परे कि उनीहरु पछि हटे, भुइँमा लोटे, पछारिए ।

आज सारा देश जाजरकोट र रुकुम पश्चिमको पूनःनिर्माणमा तल्लीन छ । केहि राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु अस्थायी टहराहरु बनाउन रात दिन खटिरहेका छन् । सरकारले संरचना निर्माणका लागि पिडितहरुको तथ्याङ्क अध्यावधिक गर्ने र किस्ता उपलब्ध गराउने काममा लागिरहेको छ । सहयोग कसैलाई नछुटोस् र नदोहोरियोस् भनेर एकद्वार प्रणालीबाट वितरण गर्न लागिपरेको छ । तीनै तहका सरकारले एकद्वार प्रणालीमार्फत राहत सामग्री बाँड्ने चलन बसाएका छन् । सरकारले घर भत्किएकाहरुलाई बसोबासको प्रबन्ध गर्न किस्ता रकम बाँडेको छ । गैरसरकारी संस्थाहरुले वाह्य सहयोग खोजेर दाताहरुसंग समन्वय गरेर, जिन्सी र नगदको जोहो गरेर आआफ्नो तहबाट प्रयास गरिरहेका छन् । तर समाचारमा ुत्रिपाल नभएपछि उनीहरु खर र परालको झुप्रोमा बस्न बाध्य छन्’ भनेर समाचार बङ्ग्याएर रोईलो गरेका छन् । स्थानीय ज्ञान सीप श्रोत र साधनहरुको उपयोगको विकल्प दिनुपर्ने कुरामा तिनीहरु चुकेका छन् । विरोध गर्नेहरुका कारणले मानवीय समस्यालाई सहयोग गर्नेहरु पछि हटेको देखिन्छ ।

यिनीहरु आँफूले केहि गर्दैनन् तर धेरै कुरामा चासो लिने व्यक्ति हुन्, सनकी हुन, लहडी हुन, मन परिवर्तन भइरहने चञ्चल र अस्थिर मान्छे हुन् । यिनीहरु मनचोर हुन, कामचोर हुन् । यस्ता मान्छेहरु विचारशील हुनु, कौशल हुनु भनेको हराएको स्यालको सीङ् भेटिनु जस्तै हो । यिनीहरुले सामाजिक सञ्जालमा, पत्रपत्रिकामा जथाभावि लेखेर, बोलेर पिडितहरुको अनुहार उदास बनाएका छन्, न घरको न घाटको बनाएका छन्, झन निराश बनाएका छन् । केही काम नपाएकाहरु अर्काको बदख्वाईं गर्न तल्लिन छन्, सहयोग गर्न चाहनेहरुलाई चेप्रिएर र खुम्चिएर बस्न बाध्य पारेका छन् । सहयोगमा ध्यान केन्द्रित हुन र गर्न चाहनेहरुलाई कष्टप्रद एवं चिन्ताजनक बनाएका छन् । यी नकारात्मक सोंच र शैली भएकाहरुले सहयोग गर्नेहरुलाई अरु दुःखी बनाउन तल्लिन छन् । यिनीहरुकै कारणले पीडितहरु थप पिडित भैरहेका छन् । सहयोगी हातहरुले पनि आएको सहयोगको सदुपयोग भएको छैन वा हुँदैन कि भनेर शंका गर्नुपर्ने बनाएका छन् । वास्तवमा यिनीहरु सजिलै क्षमा गर्न लायक छैनन् ।

हामी परनिर्भर नबनौं । हाम्रै गाउँघरमा विकल्पहरु छन् तिनीहरुको खोजि गरौं, उभोग गरौं । खर, परालमाथि पुराना लुगा ओछ्याएर सुत्ने, खानपान र रहनसहनमा विशेष ध्यान दिने, ताजा तथा झोल पदार्थ खाने, तातो कुरा खाने र शरीरमा तापक्रमको सन्तुलन कायम राख्ने, तुलसी, अदुवा, महको नियमित सेवन गर्ने, घाम ताप्ने, तेलले मालिस गर्ने, बाक्ला, उनीका लुगा लगाउने, छालालाई चिसोबाट जोगाउन घिउ,तेल, क्रिम लगायत प्रयोग गर्ने, जिम्बु र भोटे जिराको झोल बनाएर पिउने प्रयत्न गरौं । 

जो प्रकृतिको नजिक हुन्छन् तिनीहरु जाडोले कहिल्यैपनि मर्दैनन् । राउटेहरु चिसोले मेरेको सामाचार कहिल्यै सुनिएको छैन, किनकि तिनीहरुसंग विपत्तिसंग जुध्ने उपायहरु छन् । तिनिहरुको साहस विश्वासमा आधारित छ । 

फरक राजनीतिक आस्थारविचार भएकै कारण एकअर्काप्रति उनीहरूको भद्दा एवम् तल्लो स्तरको टीकाटिप्पणी हेर्छु र कसैको कार्यकर्ता नभएर मान्छे भएकोमा पटकपटक आफूप्रति गर्व गर्छु। नकारात्मक टिकाटिप्पणी गर्नुहुने सबैलाई अनुरोध छ, तपाईहरुले गरेको टिकाटिप्पणीले त्रिभुवन विमानस्थलमा देश छोडेर जान थालेकाहरुलाई आफ्नै देशमा फर्केर देश विकासमा योगदान गर्न मद्दत मिल्छ ? अनि देश भित्रे केहि गर्छु भनेर लागेकाहरुलाई टेवा पुग्छ ? सहि गलतको पहिचान गरि यसरी प्रस्तुत हुनुस्, व्यक्तिगत रुपमा तपाईंलाई कसैले गाली गर्दैन ्र आखिर देश बने फाइदा तपाईं र हामीलाई बराबर हो ्र

(लेखक भण्डारी कामको सिलसिलामा करिव दुई दशक भन्दा बढी कर्णालीमा बसी अध्ययन गर्नु भएका कर्णालीसम्बन्धी जानकार हुन् । कर्णाली क्षेत्रमा विभिन्न विकाससँग सम्बन्धित सङ्घसंस्थाहरुमा आवद्ध भई कार्य गरेका भण्डारी हाल कृषि तथा वन विश्व विद्यालयमा एडजङ्क्ट प्रोफेसर पदमा आंशिक रुपमा कार्यरत छन् ।)

Advertisement