काठमाडौं । एनआइएमबी एस क्यापिटलले माघ २ गतेदेखि ‘एनआइबीएल स्टेबल फन्ड’ नामको १० करोड इकाई म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ ।
कूल निष्काशन मध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई र १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
यस बन्दमुखी योजनामा छिटोमा माघ ५ गते र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन सकिने छ ।
प्रतिइकाई रु. १० रुपियाँ दरले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ ।