हिमालयन लाइफले लाभांश प्रस्ताव नगर्ने, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आव २०७८÷७९ को नाफाबाट लाभांश प्रस्ताव नगर्ने भएको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले साविकको प्राइम, गुराँस र यूनियनलाई मर्ज भएर बनेको हिमालयन लाइफको सञ्चित नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव इश्वरकुमार सेडाईले जनाएका छन् । 

Advertisement

यसैबीच उक्त कम्पनीको १६औं वार्षिक साधारण सभा माघ १८ गते हुने भएको छ । साधारण सभा प्रयोजनका लागि माघ ३ गते १ दिन बुक क्लोज गर्ने निर्णय भएको कम्पनी सचिव सेडाईले उल्लेख गरेका छन् । 
   
 

Advertisement

Advertisement