शौर्य सिमेन्ट र अन्नपूर्ण केबलकारले सेबोनसँग मागे आईपीओ निष्काशनको अनुमति

Advertisement

काठमाडौं । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र अन्नपूर्ण केबलकारले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेका छन् ।

शौर्य सिमेन्टले अंकित मूल्य रु. १०० मा रु. १६४.५१ प्रिमियम थप गरेर प्रतिकित्ता रु. २६४.५१ मा १ करोड ५९ लाख ८१ लाख ५०० कित्ता आईपीओ निष्काशन गर्न अनुमति मागेको हो । 

Advertisement

आईपीओ निष्काशनका लागि कम्पनीले यसअघि नै नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

त्यस्तै अन्नपूर्ण केबलकारले रु. १०० अंकित मूल्यमा ३१ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति मागेको छ । आईपीओ निष्काशनका लागि कम्पनीले यसअघिनै मुक्तिनाथ क्यापिटलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

Advertisement

Advertisement