राष्ट्रिय सभा निर्वाचनअन्तर्गत आज दाबीविरोध र उजुरी दिन सकिने

Advertisement

काठमाडौंं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ता भइसकेको छ । 

आज मंगलबार भने दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ । सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । 

Advertisement

आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । 

त्यस्तै, पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने पनि आयोगले जनाएको छ । 

माघ ११ गते राष्ट्रिय सभामा रिक्त १९ पदका लागि सदस्य चुन्न मतदान हुनेछ । मतदान सकिएपछि सोही दिन मतगणना गरिने आयोगको भनाइ छ । 


 

Advertisement

Advertisement