आफूलाई अद्यावधिक गर्न नसकी घाटामा जान थालेपछि नौ हजार कर्मचारी कटौती गर्दै निशान

Advertisement

काठमाडौं । आफूलाई अद्यावधिक गर्न नसकी घाटामा जान थालेपछि जापानी कार निर्माता निशानले नौ हजार कर्मचारी कटौतीको तयारी गरेको छ । 

विश्वभर विद्युतीय सवारी साधन (ईभी)को प्रयोग बढ्दै गएपछि निशान कम्पनी घाटामा जान थालेको हो । उसले विश्व परिवेश र उपभोक्ताको मागअनुसार आफ्नो उत्पादनलाई अद्यावधिक गर्न सकेको छैन् । नेपालमा पनि निशान गाडीको बिक्री शुन्य प्रायः छ । निशान बिक्री गर्दै आएको पायोनियर मोटो कर्पले आफूले बिक्री गर्दै आएको गाडी बिक्न छोडेपछि ईभी ब्राण्डहरु ल्याएर बेच्न थालेको छ । 

Advertisement

विशेषगरी अमेरिकी र चिनियाँ बजारमा निशानका गाडिको माग नगन्य भएपछि सो कम्पनी संकटमा परेको हो । अन्य मुलुकमा पनि पेट्रोलबाट चल्ने गाडीको मागमा भारी गिरावट आएको छ । 

विश्वव्यापी रूपमा कम्पनीको उत्पादन करिब पाँच प्रतिशतले घटेको कम्पनीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यद्यपि योभन्दा निकै धेरै अनुपातमा निशान गाडीको माग घटेको हुनसक्ने अनुमान गरिएको छ । 

निसानकी प्रमुख कार्यकारी अधिकृत माकोतो उचिडाले कर्मचारीको संख्यामा भारी कटौती गर्नुको अर्थ कम्पनी खुम्चिँदै गएको भन्ने होइन् भन्दै बचाउ गरेकी छन् । 

Advertisement

Advertisement