काठमाडौं । दोस्रो बजारमा नयाँ ब्रोकर कम्पनीको रुपमा बेनी सेक्युरिटिज प्रालि प्रवेश भएको छ ।
बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ९३) लाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आधिकारिक रुपमा गत कात्तिक २९ गते सदस्यता प्रदानगरे संगै कम्पनी सञ्चालनमा आएको हो ।
बानेश्वरको रुद्रमति मार्गमा रहेको यस कम्पनीले औपचारिक रुपमा सोमबारदेखि कारोबार सुरु गरेको हो । लगानीकर्ताको बढ्दो मागलाई मध्यनजर गर्दै शेयर कारोवारका लागि सञ्चालनमा ल्याएको बेनी सेक्युरिटिज कम्पनीको चुक्तापुँजी २० करोड रहेको छ ।