काठमाडौं । ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ बूढानीलकण्ठबाट परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।
‘लिटिल बुद्ध’को उपमा समेत पाएका बम्जनमाथि विभिन्न आरोप लागेको छ । उनी तपस्या गर्दा विदेशी मिडियाहरुबाट गलत ढंगले भिडियो लाइभ गर्ने, तस्वीर खिच्ने र विभिन्न संगीन आरोपहरु लगाएर सिध्याउने काम भएको भन्दै अधिवक्ता स्वागत नेपालले जनजातिहरुमा धर्म परिवर्तन गराउन चलिरहेको मिशनमा बम्बन बाधक भएपछि सुनियोजितरुपमा उनलाई सिध्याउने प्रयास भएको बताउँदै आएका छन् ।
सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार विगत केही बर्षदेखि सम्पर्कमा नरहेका बम्जनलाई पक्राउ गरिएको हो । तपस्वी बम्बनको खोजी गर्न भन्दै सीआईबीको टोली २०७७ असार ४ तालिम प्राप्त कुकुरसहित सिन्धुलीको उनको आश्रम पुगेको थियो । तर बम्जनलाई फेला पार्न नसकेपछि टोली फर्किएको थियो । उनीमाथि युवतीलाई बलात्कार गरेको र बेपत्ता बनाएको आरोप लागेको छ ।
पीडितको नाममा उनीविरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले खोजी सुरु गरेको हो । जाहेरीपछि पनि पक्राउ नपरेका बम्जनलाई जिल्ला अदालत सर्लाहीले पक्राउ पुर्जी जारी गरेको थियो ।